२०७७/०७८ को मौद्रिक नीति सार्वजनिक (पुर्णपाठ) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२०७७/०७८ को मौद्रिक नीति सार्वजनिक (पुर्णपाठ)


२ श्रावण २०७७, शुक्रबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए ।

सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ ।

कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ । कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिए । उनले यतिबेला मौद्रिक नीति सार्वजनिक गरिररेका छन् ।

यस्ताे छ माैद्रिक नीतिकाे पूर्ण पाठ :

 

Tags :
प्रतिक्रिया दिनुहोस