३१ जना विरुद्ध साढे तीन अर्वको मुद्दा दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

३१ जना विरुद्ध साढे तीन अर्वको मुद्दा दायर


१ श्रावण २०७७, बिहिबार


सम्पत्ति शुद्धीकरण

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न १० वटा मुद्दामा साढे तीन अर्व बिगो कायम गरी मुद्दा दर्ता गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा अनुसन्धानका क्रममा रहेका उजुरीहरू उपर अनुसन्धान कार्य सम्पन्न गरी ३१ जना प्रतिवादीहरूका विरुद्ध तीन अर्व बयसट्ठी करोड २७ लाख ७३ हजार तीन सय ७३ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कैद सजाय तथा सपत्तिहरु जफतको मागदावीसहित विशेष अदालत काठमाडौँमा १० वटा मुद्दा दर्ता गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस