आजको छलफलको निष्कर्ष के ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजको छलफलको निष्कर्ष के ?


३१ असार २०७७, बुधबार


काठमाडौँ । आज पनि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । अध्यक्ष्यद्वयबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा करिब ३ घण्टा लामो छलफल भएको हो ।

नेकपा भित्रको विवाद समाधानका लागि सहमति गर्न अध्यक्षद्वय ओली र प्रचण्डबीच बुधवार पनि छलफल भएको छ । स्थायी समिति बैठक बस्नु अघि सहमति जुटाउने प्रयासस्वरुप दुवै अध्यक्ष छलफलमा जुटेका हुन् ।

अध्यक्षद्वयबीचको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि केही बेर सहभागी भएको स्रोतले जनाएको छ ।

छलफल सकारात्मक भएको तर कुनै पनि निष्कर्ष ननिस्केको स्रोतले जानकारी दिएको छ । अध्यक्षद्वपयबीच पुनः छलफल हुने बताइएको छ । तर त्यसको बारेमा भने जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस