उपसचिवको अवैध कमाइ ४ करोड ५४ लाख ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपसचिवको अवैध कमाइ ४ करोड ५४ लाख !


३० असार २०७७, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँसगढी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बर्दियामा शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव मन प्रसाद रेग्मीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।

उपसचिव रेग्मीले चार करोड ५४ लाख ३३ हजार छ सय ९८ रुपैयाँ अवैध रूपमा आर्जन गरेको ठहर गर्दै आयोगले अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरेको हो ।

उपसचिव रेग्मीले अवैध कमाइबाट आर्जित सम्पत्ति श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मी समेतका नाममा राखेको पाइएकोले दुवैलाई समेत प्रतिवादी कायम गरिएको छ ।

उपसचिव (अधिकृत ९औँ) पदमा कार्यरत रेग्मीको विभिन्न बैङ्कहरूमा रहेका खातामा कर्जा कारोबार बाहेक जम्मा तथा खर्च रकम १२ करोड ८० लाखभन्दा बढी देखिएको भन्ने उजुरी उपरको अनुसन्धानको क्रममा सो रकम अवैध भेटिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस