घुससहित नासु पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

घुससहित नासु पक्राउ


३० असार २०७७, मंगलबार


अख्तियार

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय सप्तरीका नायव सुब्बा कृष्णबल्लभ ठाकुरलाई १३ हजार घुस रकमसहित पक्राउ गरेको छ।

आयोगको कार्यालय इटहरीबाट खटी आएको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय सप्तरी राजविराजका नायव सुब्बा ठाकुरलाई रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

ट्रायल चेक गरी बढी जग्गाको स्रेस्ता कायम गरी दिने प्रयोजनका लागि ठाकुरले सेवाग्राहीबाट घुस लिएको प्रवक्ता कोइरालाले बताए । सेवाग्राहीबाट १३ हजार घुस लिई सकेको अवस्थामा ठाकुरलाई घुस रकमसहित कार्यकक्षबाट नियन्त्रणमा लिइएको हो । ठाकुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस