चार वटा भारतीय च्यानलमाथिको बन्देज कायमै, अन्यको प्रसारण खुलाइयो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चार वटा भारतीय च्यानलमाथिको बन्देज कायमै, अन्यको प्रसारण खुलाइयो


२९ असार २०७७, सोमबार


काठमाडौँ । नेपालमा भारतीय च्यानलमाथि लगाइएको बन्देजमा हेरफेर गरी चार ओटा बाहेकका अन्य च्यानलहरू सञ्चालन गरिएका छन् ।

आइतबार बसेको केवल अपरेटरहरूको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्युज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको हो ।

केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त हुने देखिएकाले यस्तो निर्णय भएको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

आइतबार रातिदेखि अरू भारतीय समाचारका च्यानलको प्रसारण सञ्चालन भएको अध्यक्ष शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस