नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं भन्दै नेविसंघको प्रदर्शन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं भन्दै नेविसंघको प्रदर्शन


२८ असार २०७७, आइतबार


काठमाडौं । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवुद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघ(नेविसंघ)ले प्रदर्शन गरेको छ । आइतबार बबरमहलस्थित सडकमा नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाको नेतृत्वमा नेविसंघले प्रदर्शन गरेको हो । नेविसंघले नेपाल आयल निगम पनि घेराउ गरेको छ ।

नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरिएको छ। कोरोना कहरका बीच निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेकोले विरोध गरिएको बताइएको छ।

निगमले असार २६ गते सूचना निकालेर पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले मूल्यवृद्धि गरेको थियो। काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ छ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन यसअघि नै ज्ञापन पत्र बुझाए पनि आयल निगमले वेवास्ता गरेकोले प्रदर्शन गर्नुपरेको नेविसंघ महामन्त्री मनोज वैद्यले बताए ।

प्रतिक्रिया दिनुहोस