संखुवासभामा पहिरो, ११ जना बेपत्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संखुवासभामा पहिरो, ११ जना बेपत्ता


२८ असार २०७७, आइतबार


संखुवासभा । केही दिनदेखि परिरहेको भारी वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाएको छ । यद्यपि, हालसम्म टोली पुगिसकेको छैन ।

पहिरोले ८ वटा घर पुरिएको र नजिकैको प्रहरी चौकीबाट घटनास्थलमा चार घण्टाको दूरीमा रहेको प्रहरी अधिकारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस