लोक सेवाद्वारा सहसचिवको नतिजा सार्वजनिक, १० जना सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोक सेवाद्वारा सहसचिवको नतिजा सार्वजनिक, १० जना सिफारिस


२६ असार २०७७, शुक्रबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौँ । लोक सेवा आयोगले सहसचिवको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले यही असार १८ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कका आधारमा सफल भएका १० जना सहसचिवको नतिजा प्रकाशन गरेको हो ।

आयोगको विज्ञापन नम्बर १६६५५/०७६–०७७(खुल्ला) तर्फ माग गरिएको पाँच जनामा लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ८ जनामध्ये रामबन्धु सुवेदी, नमराज घिमिरे, रमेश ढकाल, आनन्द काफ्ले र विपिन आचार्य छनौट भएका छन् भने विज्ञापन नम्बर १६६५८ मधेसीतर्फ अन्तर्वार्ताका लागि छनौट भएका ५ जना उम्मेदवारमध्ये इन्द्रदेव यादव र रामकुमार महतो छनौट भएका छन् ।

त्यसैगरी आयोगको विज्ञापन नम्बर १६६५६ महिला तर्फ अन्तर्वार्ताका लागि छनौट भएका ६ जना उम्मेदवारमध्ये उपस्थित ४ जना उम्मेदवारहरूको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कका आधारमा अनिता निरौला र स्किम श्रेष्ठ उत्तीर्ण भएका छन् । आयोगको विज्ञापन नम्बर १६६५७ आदिवासी जनजातितर्फ अन्तर्वार्ताका लागि छ जना छनौट भएकोमा उपस्थित ५ जनामध्ये हेमराज तामाङ उत्तीर्ण हुन सफल भएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस