सीसीएमसी निर्देशक समितिको बैठक बस्दै, यातायात सञ्चालनबाट आउन सक्ने चुनौतीबारे छलफल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सीसीएमसी निर्देशक समितिको बैठक बस्दै, यातायात सञ्चालनबाट आउन सक्ने चुनौतीबारे छलफल


२६ असार २०७७, शुक्रबार


सचिव

काठमाडौँ । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशक समितिको बैठक शुक्रवार सिंहदरबारमा बस्दै छ ।

अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दै गरेको बैठकमा बढ्दो सङ्क्रमणको अवस्थाबिच यातायात सेवा सुरु गरेपछि आउन सक्ने चुनौतीबारे छलफल हुने भनिएको छ । साथै, आन्तरिक हवाई सेवा सञ्चालनबारे पनि छलफल हुनसक्ने भनिएको छ ।

यसअघि छाउनीस्थित सीसीएमसी-अप्सको कार्यालयमा बस्ने गरेको बैठक विरोध भएपछि मन्त्रीहरू रहेको निर्देशक समितिको बैठक सिंहदरबारमै राख्न थालिएको छ ।

समितिमा रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल, उद्योग मन्त्री लेखराज भट्ट, सञ्चार मन्त्री युवराज खतिवडा लगायत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस