इ-पेमेन्टको प्रयोग बढाउने सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

इ-पेमेन्टको प्रयोग बढाउने सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम


२५ असार २०७७, बिहिबार


काठमाडौँ । विद्युतीय भुक्तानी प्रणाली(इ-पेमेन्ट) लाई व्यापकता दिने सम्बन्धमा सरोकारवालासहितको छलफल कार्यक्रम आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको समुपस्थितिमा मन्त्रालयकै सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा बैंकर्श एसोसिएसन, नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग र महालेखा नियन्त्रक कार्यालयको तर्फबाट भइरहेका काम र आगामी कार्यदिशा सम्बन्धमा प्रस्तुति भएको छ । छलफलका क्रममा व्यवसायीहरू, उपभोक्ताकर्मी, पेमेन्ट गेटवेसँग सम्बन्धित विज्ञहरूले समेत आफ्ना विचारहरू राखेका थिए ।

पूर्वसचिव कृष्णहरि बास्कोटाले प्रस्तुति तथा प्राप्त सुझावहरूको संक्षेपीकरण गर्दै आफ्ना भनाइहरू राखेका थिए भने महालेखा नियन्त्रक गोपीनाथ मैनाली, वाणिज्य सचिव डा. वैकुण्ठ अर्याल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले समेत इपेमेन्टका लागि भइरहेका काम, यसका लागि आगामी दिनमा प्रयोगकर्ताका तर्फबाट र नियमनकर्ताका तर्फबाट हुनुपर्ने काम र व्यवहारिक पक्षका सम्बन्धमा मन्तव्य राखेका थिए ।

नगदरहित कारोबारलाई बढाउनका लागि थप संवाद, प्रचारप्रसार एवं नीतिगत सहजीकरणको पहल गर्ने सम्बन्धमा उपस्थित सबैबाट प्रतिबद्धतासमेत व्यक्त भएको थियो ।

स्मरणीय छ यस खालको संवाद कार्यक्रम यसअघि २०७७ जेठ ३१ गते नेपाल राष्ट्र बैंकका गभर्नरको उपस्थितिमा सम्पन्न भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस