सुनको अक्षरमा लेखिएको बौद्ध धर्मको ग्रन्थ ५ करोडमा बिक्री गर्न खोज्ने ६ जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको अक्षरमा लेखिएको बौद्ध धर्मको ग्रन्थ ५ करोडमा बिक्री गर्न खोज्ने ६ जना पक्राउ


२५ असार २०७७, बिहिबार


काठमाडौँ । सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू पाँच करोडमा बिक्री गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधवार प्रहरीले साढे तीन बजे चन्द्रागिरि नगरपालिका–१५ ढुंङ्गेअड्डाबाट ६ जनालाई पक्राउ गरेको हो। उनीहरूले लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोडमा बिक्री गर्न लागेका थिए।

उक्त सूचना प्रहरीले पाएपछि महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले मोलमोलाइ गरिरहेको अवस्थामा पक्राउ गरिएका उनीहरूबाट १६ पाना बौद्ध धर्मको ग्रन्थ बरामद गरेको हो।

पक्राउ पर्नेमा खोटाङ दिक्तेल नगरपालिका-४ का ३२ वर्षीय गेहेन्द्र सिंह आत्रेय, काभ्रे पाँचखाल नगरपालिका-३ का ४२ वर्षीय जनक गिरी, ओखलढुङ्गा माने भन्ज्याङ गाउँपालिका-१का ३१ वर्षीय सुवास कुमार बस्नेत, ओखलढुङ्गा सुनकोसी गाउँपालिका-२ का ३३ वर्षीय हरी बहादुर लामिछाने, तारकेश्वर नगरपालिका-११का ६४ वर्षीय राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका-८ का ३४वर्षीय रोशन तामाङ छन्।

प्रहरीले उनीहरूमाथि थप कारबाहीको प्रक्रिया अघि बढाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस