घट्दै कोरोना दर : पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना पुष्टि, १३९ जना डिस्चार्ज « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

घट्दै कोरोना दर : पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना पुष्टि, १३९ जना डिस्चार्ज


२५ असार २०७७, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १०८ जना नयाँ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा १०८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

यो सँगै नेपालमा संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

आज १३९ जना कोरोना निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस