कर्मचारीद्वयको तीज गीत सँगै नाचौँ गाईज सार्वजनिक(भिडियासहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीद्वयको तीज गीत सँगै नाचौँ गाईज सार्वजनिक(भिडियासहित)


२५ असार २०७७, बिहिबार


काठमाडौँ । कर्मचारीद्वय यज्ञराज बुढाथोकी र अमृता लामिछानेको सँगै नाचौँ गाईज बोलको तीज गीत सार्वजनिक भएको छ । गायक यज्ञराज बुढाथोकी, अमृता लामिछाने र धना मगरको स्वर रहेको तीज गीत सार्वजनिक भएको हो । बुढाथोकी र लामिछाने दुवै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कर्मचारी हुन् । गीतमा कोरोनाबारे सन्देश दिन खोजिएको छ ।

यज्ञराज बुढाथोकीको शब्द रचना रहेको गीतमा उदीराम खड्काले निर्देशन र सञ्जय श्रीपालको एरेन्ज रहेको छ भने गीतमा मनोज खड्का, मुना श्रेष्ठ, पुरण क्षेत्री, गणेश राईले अभिनय गरेका छन् ।

सत्यवती कला केन्द्रको पोस्ट प्रोडकसन रहेको उक्त गीतको निर्देशन उदिराम खड्काले गरेका छन् भने कोरीयोग्राफरमाविन्दु खड्का, क्यामरामा मिराज अर्याल, सम्पादनमा विवेक खड्का र मेकअप विर्मा खड्काको रहेको छ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस