थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६,४२३ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६,४२३


२४ असार २०७७, बुधबार


काठमाडौं । गत २४ घण्टामा २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २५५ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस