१२ हजार घुस लिएको आरोपमा इन्सपेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

१२ हजार घुस लिएको आरोपमा इन्सपेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा


२४ असार २०७७, बुधबार


अख्तियार

काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) विरुद्ध १२ हजार घुस माग गरेको आरोपमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरमा कार्यरत  घुस लिएको आरोपमा प्रहरी निरीक्षक रामबालक रायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत प्रहरी निरीक्षक रायविरुद्ध बुधबार मुद्दा दायर गरिएको हो । उनले निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका सञ्चालकबाट १२ हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

प्रहरी निरीक्षक रायले निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन रोकेर बारम्बार रकम असुली गर्ने गरेको अनुसन्धानमा खुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस