डब्ल्यूएचओद्वारा हावाबाट कोरोना फैलिन सक्ने प्रमाण ग्रहण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डब्ल्यूएचओद्वारा हावाबाट कोरोना फैलिन सक्ने प्रमाण ग्रहण


२४ असार २०७७, बुधबार


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाण ग्रहण गरेको छ ।

यसअघि विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरूले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए ।

क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरूले कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले श्वास फेर्दा सङ्क्रमित हुनसक्ने प्रमाण प्रस्तुत गरेका थिए ।

डब्ल्यूएचओमा कोरोना भाइरस सङ्क्रमणको महामारीसँग सम्बन्धित प्राविधिक प्रमुख मारिया वान केरखोवले कोरोना भाइरस हावाबाट फैलिएको आशङ्काबारे आफूहरूले छलफल गरिरहेको जानकारी दिए ।

यसै गरी डब्ल्यूएचओका बेनेदेत्ता आल्लेग्रान्जीले भने, ‘खास गरी भिडभाड भएको सार्वजनिक स्थानमा, हावा आवत–जावत नगर्ने बन्द स्थानमा हावाबाट भाइरस फैलिने आशङ्कालाई इन्कार गर्न सकिँदैन । हामी यी प्रमाणहरूलाई एकत्रित गरेर अनुसन्धान गर्ने काम जारी राख्छौँ ।’

हाल विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२(कोरोना) भाइरस मुख्यरुपमा सङ्क्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट सर्ने बताउँदै आएको छ । त्यसैले डब्ल्यूएचओले एक–अर्काबिच कम्तीमा ३–३ फुटको दुरीमा रहन र मास्क लगाउन सुझाव दिँदै आएको छ । यदि हावाको माध्यमबाट कोरोना सङ्क्रमण फैलिने कुरा औपचारिक रूपमा पुष्टि भएमा व्यक्तिगत दुरीको नियम परिवर्तन गर्नुपर्ने हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस