२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजारको तह तथा मूल्य निर्धारण सम्बन्धी मापदण्डबारे छलफल

अ+ अ-

काठमाडौँ । बजारको तह र मूल्य निर्धारण सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनबारे छलफल भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकको संयोजकत्वमा गठित कार्यदलले मङ्गलवार बबरमहलस्थित विभागको हलमा हालसम्मको प्रतिवेदन तथा निश्कर्षबारे प्रस्तुतीकरण एवं छलफल गरेको हो ।

२०७६ मङ्सिर ३० गते गठन भएको कार्यदलले सरोकारवाला एवं विज्ञसहितका बैठकसहित विभिन्न ५ वटा उपभोग्य वस्तुको बजारको तह र मूल्य निर्धारण पद्धति सम्बन्धमा फिल्ड अध्ययनसमेत गरी प्रतिवेदन तयार पारेको हो । यससँगै अब सरकारले उत्पादकदेखि उपभोक्तासम्म पुग्दा विभिन्न चरणमा अस्वाभाविक रूपमा मूल्यवृद्धि नियन्त्रण गर्ने भएको छ।

उक्त मापदण्ड कार्यान्वयनमा आएसँगै बिचौलियाका कारण उत्पादकले मूल्य नपाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य हुने विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले बताएका छन् ।

असोजदेखि कार्यान्वयनमा आएको उपभोक्ता संरक्षण ऐनको दफा १३ अनुसार बजारको तह निर्धारण गर्न लागिएको छ।

महानिर्देशक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यावसायिक छाता सङ्गठनका पदाधिकारी एवं प्रतिनिधिहरू, उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मी, नेपाल राष्ट्र बैङ्कका प्रतिनिधि, विभागका निर्देशक एवं अन्य कर्मचारीहरू उपस्थित रहेका थिए ।

प्रस्तुतिउपरको टिप्पणी एवं खुला छलफलपछि प्राप्त प्रतिवेदनउपर थप सुझावहरू लिने तथा चार्टर्ड एकाउन्टेडलगायतका विज्ञ र प्रयोगकर्ताहरूसमेतको राय सल्लाह लिई बजारको तह एवं मूल्य निर्धारण मापदण्ड प्राथमिकतापूर्वक तयार गर्ने निर्णय समेत भएको छ ।