ट्याक्सी चलाउने दिनेबारे मन्त्रिपरिषद् बैठकमा छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ट्याक्सी चलाउने दिनेबारे मन्त्रिपरिषद् बैठकमा छलफल


२३ असार २०७७, मंगलबार


काठमाडौँ । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ ।

मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुई जना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको एक मन्त्रीले बताएका छन् ।

यसबारे कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर(सीसीएमसी)मा छलफल गरेर निर्णय हुनेछ । सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको छ । यातायात व्यवसायीलगायत सरोकारवाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेस गर्ने र त्यसअनुसार थप निर्णय हुने छ ।

प्रतिक्रिया दिनुहोस