सरिता गिरीलाई कारबाही गर्न सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरिता गिरीलाई कारबाही गर्न सिफारिस


२३ असार २०७७, मंगलबार


काठमाडौं । सांसद सरिता गिरीलाई कारबाही गर्न समाजवादी पार्टीको कार्यदलले सिफारिस गरेको छ । सांसद गिरीलाई पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा कार्यदलले कारबाही गर्न सिफारिस गरेको हो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले पार्टीको ह्वीप विपरित संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि सांसद गिरीले संशोधन प्रस्ताव फिर्ता लिइनन् ।

नेपालको नयाँ नक्सा जारी हुने दिन उनले संसद बहिस्कार गरेकी थिइन् । उनी नेपालको नक्सा सम्बन्धी संविधान संशोधन प्रस्तावको विरोधमा थिइन् ।

उक्त विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए।

यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ।

कार्यदलको सिफारिसबारे समाजवादी पार्टीको पदाधिकारी बैठकमा छलफल हुँदैछ

कार्यदलको सिफारिस अनुसार पार्टीले कारबाही गरेमा सांसद गिरीको सांसद पद गुम्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस