सचिवको बढुवा आज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सचिवको बढुवा आज


२३ असार २०७७, मंगलबार


सचिव

काठमाडौँ । सरकारले आज एक जना सचिवमा बढुवा गर्ने निर्णय गर्दै छ ।

नयाँ आइजिपी नियुक्तिका लागि अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले दुई हप्ता अघि सचिव बढुवा समितिले सिफारिस गरेको तीन जना वरिष्ठ सहसचिवमध्ये एक जनालाई आज बढुवा गर्ने भएको हो ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिवहरू गोकर्णमणि दुवाडी, मान बहादुर बिक र मधु मरासिनीलाई सिफारिस गरेको हो ।

पहिलो नम्बरमा सिफारिस भएकामध्ये दुवाडी यसअघिको बढुवामा समेत एक नम्बरमा सिफारिस गरेको भए पनि सरकारले तेस्रो नम्बरका विष्णु नेपाललाई सचिव बनाउने निर्णय गरेको थियो । पहिलो नम्बरका लत्त्याएर तेस्रो नम्बरका व्यक्तिलाई सिफारिस गरेको भन्दै सरकारको उक्त निर्णयको कर्मचारी वृत्तमा केही आलोचना समेत भएको थियो ।

आजको बढुवामा भने पहिलो नम्बरका दुवाडीलाई नै सचिवमा सिफारिस गर्ने तयारी सरकारले गरेको वालुवाटार उच्च स्रोतले प्रशासनलाई बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस