२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली पाइलट सवार जहाज फिलिपिन्सको समुद्रमा दुर्घटना, सबै सकुसल

अ+ अ-

काठमाडौं । नेपाली पाइलट सवार एक जहाज फिलिपिन्सको समुद्रमा दुर्घटना भएको छ । पाइलट तालिममा प्रयोग हुने उक्त जहाज मंगलबार स्थानीय समय अनुसार बिहान साढे ९ बजे समुद्रमा दुर्घटना भएको हो ।

फिलिपिन्सको सिनंकुस्थित जाम्बोआंगा विमानस्थलबाट अर्को सहर डुमगेटका लागि उडेको उक्त जहाज इन्जिन फेल भएपछि दुर्घटनामा परेको थियो । जहाजलाई पाइलटले समुन्द्रमा आपतकालीन अवतरणको प्रयास गरेका थिए । जहाजमा ४ जना सवार थिए । उनीहरु सकुसल छन् ।

फिलिपिनी संचारमाध्यमहरुका अनुसार उनीहरुलाई तुरुन्तै पानीबाट बाहिर निकालिएको थियो । कलसाइन आरपी–सी८३४ जहाज पाइलटको प्रशिक्षणमा प्रयोग भएको थियो ।

जहाँजमा एक भारतीय, एक नेपाली र अर्का एक फिलिपिनी विद्यार्थी सवार थिए । जहाज भारतीय पाइलटले उडाएका थिए । पाइलट र सबै यात्रुको स्वास्थ्य अवस्थामा सामान्य रहेको फिलिपिनी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दुर्घटनालगत्तै खटिएको उद्दार टोलीले उनीहरुलाई पानीबाट बाहिर निकालेको थियो ।

समुन्द्रमा झरेको विमान ६ फिट गहिराईमा पुगेको थियो । समुद्री किनारबाट ६ मिटरकै दुरीमा जहाज झरेको थियो । एजेन्सी