नेपाली पाइलट सवार जहाज फिलिपिन्सको समुद्रमा दुर्घटना, सबै सकुसल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाली पाइलट सवार जहाज फिलिपिन्सको समुद्रमा दुर्घटना, सबै सकुसल


२३ असार २०७७, मंगलबार


काठमाडौं । नेपाली पाइलट सवार एक जहाज फिलिपिन्सको समुद्रमा दुर्घटना भएको छ । पाइलट तालिममा प्रयोग हुने उक्त जहाज मंगलबार स्थानीय समय अनुसार बिहान साढे ९ बजे समुद्रमा दुर्घटना भएको हो ।

फिलिपिन्सको सिनंकुस्थित जाम्बोआंगा विमानस्थलबाट अर्को सहर डुमगेटका लागि उडेको उक्त जहाज इन्जिन फेल भएपछि दुर्घटनामा परेको थियो । जहाजलाई पाइलटले समुन्द्रमा आपतकालीन अवतरणको प्रयास गरेका थिए । जहाजमा ४ जना सवार थिए । उनीहरु सकुसल छन् ।

फिलिपिनी संचारमाध्यमहरुका अनुसार उनीहरुलाई तुरुन्तै पानीबाट बाहिर निकालिएको थियो । कलसाइन आरपी–सी८३४ जहाज पाइलटको प्रशिक्षणमा प्रयोग भएको थियो ।

जहाँजमा एक भारतीय, एक नेपाली र अर्का एक फिलिपिनी विद्यार्थी सवार थिए । जहाज भारतीय पाइलटले उडाएका थिए । पाइलट र सबै यात्रुको स्वास्थ्य अवस्थामा सामान्य रहेको फिलिपिनी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दुर्घटनालगत्तै खटिएको उद्दार टोलीले उनीहरुलाई पानीबाट बाहिर निकालेको थियो ।

समुन्द्रमा झरेको विमान ६ फिट गहिराईमा पुगेको थियो । समुद्री किनारबाट ६ मिटरकै दुरीमा जहाज झरेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस