नेकपाका नेता खनाल र चिनियाँ राजदूतबीच भेट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपाका नेता खनाल र चिनियाँ राजदूतबीच भेट


२३ असार २०७७, मंगलबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान डल्लुस्थित नेता खनालको निवासमा राजदूत यान्छी र खनालबीच भेटवार्ता भएको हो ।

नेता खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । तर छलफल कुन विषयमा भएको थियो भन्ने बारे खुलाइएको छैन ।

पछिल्लो समयमा राजदूत यान्छीले नेकपा भित्रको राजनीतिका बारेमा निकै चासो राखेको बुझिएको छ । उनले यसअघि नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस