नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ कर्मचारीमा कोरोना देखियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ कर्मचारीमा कोरोना देखियो


२२ असार २०७७, सोमबार


काठमाडौं । नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जना उडानका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । विदेशमा रहेका नेपालीलाई घर फर्काउने अभियानमा खटिएका उडान कर्मचारी र पाइलटमा कोरोना देखिएको हो ।

३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले जानकारी दिएको छ ।

पुष्टि भएका पाइलट तथा कर्मचारी सबै होटलका क्वारेन्टिनमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस