निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगित


२२ असार २०७७, सोमबार


काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आन्दोलन स्थगित गरेका छन् ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलसँग भएको छलफलमा आफ्नो माग पूरा हुने संकेत देखिएपछि आन्दोलन स्थगित गरिएको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टिकाराम पुरीले जानकारी दिए ।

सञ्चालकहरुले अनलाइन पढाइ पनि अवरुद्ध नगर्ने निर्णय गरेका छन् ।

निजी विद्यालय सञ्चालकहरूले लकडाउन अवधिको पनि शुल्क संकलन गर्न नपाएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

सरकारले आधिकारिक रुपमा असारबाट मात्रै अनलाइन कक्षा सुरु गरे पनि प्याब्सन र एनप्याब्सन (निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन)ले भने वैशाखदेखिकै शुल्क लिन पाउनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस