४ सयको कम्मललाई १२ सय बिल बनाउने प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

४ सयको कम्मललाई १२ सय बिल बनाउने प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा


२१ असार २०७७, आइतबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्बल खरिदमा भ्रष्टाचार गरेको अभियोगमा राजदेवी नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार रजकसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गौरस्थित न्यु बजरंग इम्पोरियमबाट चार सय रुपैयाँ प्रति थान मूल्य पर्ने कम्बललाई एक हजार दुई सय प्रति थानका दरले चार सय आठ थान कम्बल खरिद गर्दा एक लाख १५ हजार सात सय ८२ बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

कम्बल ल्याएर वितरण गरेपछि कागजात मिलाउने क्रममा दररेट माग गरेको देखाई सम्बन्धित फर्मबाट खाली दररेट पेस गर्न लगाई दररेट उल्लेख नभएको अवस्थामै टिप्पणी उठाई फर्महरूमध्ये न्यु बजरंगी इम्पोरियम गौर–१ रौतहटले सबैभन्दा कम दररेट पेस गरेको भनी टिप्पणी स्वीकृत गरी न्यु बजरंग इम्पोरियमको बिल अनुसार निर्णयमा संलग्न गरी भुक्तानी गरेको भेटिएको हो ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत रजकसहित तत्कालीन निमित्त कार्यालय प्रमुख(नासु) प्रमोदकुमार बर्मा, तत्कालीन लेखापाल वैद्यनाथ झा, लेखापाल रेणु यादव, कम्बल बिक्रेता न्यु बजरंग इम्पोरियमका प्रोप्राइटर गिरधारीकुमार अग्रवाल, वडा नं २ का अध्यक्ष सनुप महतोविरुद्ध समान एक लाख १५ हजार ८७२ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ । उनीहरुविरुद्ध बिगो असुल गरी कारबाहीको माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस