कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने


२१ असार २०७७, आइतबार


परीक्षाफल

काठमाडौं । कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । एसईईको परीक्षा आन्तरिक मूल्याङ्कनका आधारमा गर्ने निर्णय भएसँगै अब कक्षा ११ परीक्षा पनि आन्तरिक मूल्याङकनकै आधारमा गरिने भएको हो ।

कोरोना भाइरसका काराण रोकिएको परीक्षा अब आन्तरिक मूल्याङकन गरी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिने भएको हो ।

शिक्षा मन्त्री अध्यक्षतका राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शुक्रबार बसेको बैठकले राष्ट्रिय परीक्षा बार्डलाई मूल्याङ्कन कार्यविधि बनाउने जिम्मा दिएको थियो ।

बोर्डले उक्त कार्य तत्कालै सुरु गर्ने र एकदुई दिनमै तयार गर्ने बताएको थियो । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।

तर कक्षा १२ को परीक्षा भने स्थिति समान्य भएपछि उचित समयमा लिइने भएको छ ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस