बालुवाटारमा ओली र प्रचण्डबीच वार्ता सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालुवाटारमा ओली र प्रचण्डबीच वार्ता सुरु


२१ असार २०७७, आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच वार्ता सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका नेकपाका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

नेकपा भित्रको विवाद समाधानका लागि ओली र प्रचण्डबीच वार्ता सुरु भएको छ । सम्भवतः यो वार्ता निर्णायक वार्ता हुने स्रोतले जनाएको छ ।

दुबै अध्यक्षहरुले आफ्ना दुई–दुई जना नेताहरु पनि वार्तामा सहभागी गराएका छन् । प्रधानमन्त्री ओलीको पक्षमा विष्णु पौडेल र शंकर पोखरेल छन । त्यस्तै अध्यक्ष प्रचण्डको पक्षमा वर्षमान पुन र जनार्दन शर्मा सहभागी भएका छन् ।

यसअघि शुक्रबार पनि दुई अध्यक्षबीच वार्ता भएको थियो । वार्तामा जनार्दन शर्मा र विष्णु पौडेल पनि सहभागी थिए । उक्त बैठकले कुनै पनि निष्कर्ष निकाल्न सकेको थिएन ।

स्थायी कमिटी बैठक सोमबार सम्मका लागि स्थगित गरिएको थियो । बैठक अघि नेताहरु सहमति जुटाउन गृहकार्यमा छन् ।

प्रतिक्रिया दिनुहोस