राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री


२० असार २०७७, शनिबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन्।

शनिवार अपराह्न शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबिच करिब सवा घण्टा कुराकानी भएको बालुवाटार स्रोतले बतायो ।

यसैबिच मन्त्री र राज्यमन्त्री बालुवाटार पुगेका छन्। ‘राज्यमन्त्रीसमेत बोलाइएकोले मन्त्रिपरिषद् बैठक होइन भन्ने लागिरा’छ’ एक मन्त्रीले भने, ‘७ बजे बोलाउनु भएकोले हामी उपस्थित भई सकेका छौँ ।’

प्रतिक्रिया दिनुहोस