शव व्यवस्थापनमा स्थानीयको अवरोध, अश्रुग्यास प्रहार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शव व्यवस्थापनमा स्थानीयको अवरोध, अश्रुग्यास प्रहार


२० असार २०७७, शनिबार


गोरखा । कोरोनाका कारण ज्यान गुमाएका गोरखाको पालुङटार नगरपलिका– का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । स्थानीयले शनिवार बिहानैदेखि अवरोध उत्पन्न गरेपछि प्रहरीले अवरोध हटाउन चार सेल अश्रुग्यास प्रहार गरेको छ ।

शव व्यवस्थापनका लागि शनिबार दिउँसो सहिद लखन गाउँपालिका–१ को लुदीखोला घाटमा लगेपछि स्थानीयले अवरोध गरेका हुन्। नेपाली सेनाको विशेष टोलीले शव व्यवस्थापनका लागि लुदीखोला घाटमा लगेको थियो ।

गोरखा अस्पतालमा उपचार कोरोना संक्रमित पुरुषको शनिवार बिहान ५ बजे मृत्यु भएको थियो ।

सरकारले संक्रमितको मृत्यु भएपछि जतिसक्दो चाँडो शव व्यवस्थापन गर्नुपर्ने निर्देशिकामा उल्लेख गरेको छ। तर, १० घण्टासम्म शव व्यवस्थापन हुन नसकेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।

मृतक पुरुष गत मंगलबार कतारबाट पालुङ्टार आइपुगेका थिए । उनी मधुमेह रोगी भएको अस्पतालले विज्ञप्तिमार्फत् जानकारी गराएको थियो।

कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस