खेतमा रोपाईँ गर्न गएका किसान र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खेतमा रोपाईँ गर्न गएका किसान र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार


२० असार २०७७, शनिबार


काठमाडौं । ललितपुरको खोकनामा खेत रोपाइँ गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ। रोपाईँ गर्नमा प्रहरीले अवरोध गरेपछि किसान र प्रहरीबीच झडप भएको हो। प्रहरीले किसानका समूहलाई लक्षित गर्दै केही सेल अश्रुग्यास हानेको छ।

किसानले खेत रोपाइँ सुरु गरेपछि शनिबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। प्रहरीले अश्रुग्यास हानेपछि स्थानीय किसानहरुले पनि ढुंगा हानेका थिए । झडपमा केही घाइते छन्।

किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताएका छन्। तर फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले खेत रोप्न थालेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ।

यसअघि असार १५ गते खेत रोपाइँमा गएका खोकनाका किसानलाई पनि प्रहरीले अवरोध गरेको थियो। खेत जोत्न लगिएका ट्याक्टर नियन्त्रणमा लिएपछि स्थानीय किसानले प्रहरीविरूद्ध नाराबाजी गर्दै खेतमै प्रदर्शन गरेका थिए।

खोकना र बुंगमती हुँदै काठमाडौं–तराई द्रुतमार्गसँगै १३२ केभिए विद्युत प्रसारण लाइन, बाहिरी चक्रपथ, नयाँ स्याटलाइट शहर, वाग्मती कोरिडोर, काठमाडौँ तराई रेलमार्ग जस्ता आयोजनाहरू सञ्चालनमा ल्याउने सरकारको नीति छ। तर फास्ट ट्रयाकका कारण बुंगमती, खोकना, कुदेश र सिकाली मन्दिरको सांस्कृतिक र ऐतिहासिक सभ्यताका साथै उपत्यकाकै खेती योग्य जमिन मासिने भन्दै स्थानीयहरुले विरोध गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस