संघीय निजामती विधेयकको विरोधमा श्रेणी विहीन कर्मचारी संघर्ष समिति गठन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संघीय निजामती विधेयकको विरोधमा श्रेणी विहीन कर्मचारी संघर्ष समिति गठन


१९ असार २०७७, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा आपत्ति जनाउँदै बाँके राष्ट्रिय निकुञ्जका श्रेणीविहीन कर्मचारीले संघर्ष समिति गठन गरेका छन् ।

विधेयकमा श्रेणीविहीनलगायत सम्पूर्ण कर्मचारीहरूको वृत्ति विकास रोकिने, बाधा पुग्ने, मनोबल कमजोर पार्ने गरी हताशपूर्ण र निरङ्कुश शैलीमा विधेयक पारित गरेको भन्दै निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्था कायम गराउन श्रेणी विहीन कर्मचारी संघर्ष समिति गठन गरिएको हो । साथै निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिको माग पत्रमा ऐक्यबद्धता र समर्थन रहेको उनीहरूले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस