प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगे


१९ असार २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीसँग छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड शुक्रवार दिउँसो १२ बजे बालुवाटार पुगेका छन् ।

नेकपामा बढ्दो अन्तर्विरोध साम्य पार्ने उपायको खोजीका लागि आज एक दिनका लागि स्थायी कमिटी बैठकसमेत रोकेर नेकपाका अध्यक्षद्वयओली र प्रचण्डबिच छलफल हुँदै छ ।

दुई अध्यक्षबिचको छलफलले निकास निकाल्ने र शनिवार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने नेकपाको कार्यसूची छ ।

प्रचण्ड–माधव समूहका बहुमत नेताहरूले ओलीलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने भनिरहँदा प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान राख्दै आएका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी एकताका बेलामा गरिएको आलोपालो प्रधानमन्त्रीको सहमति दोहोर्‍याएका छन् ।

प्रधानमन्त्री ओली पार्टी फुटाउनेदेखि अध्यादेश ल्याउने र सङ्कटकालसम्मको विकल्पमा जान सक्ने डर प्रचण्ड–माधव पक्षका नेताहरूमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस