अनशनरत युवालाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अनशनरत युवालाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री


१८ असार २०७७, बिहिबार


काठमाडौँ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अनशन बसेका इनफ इनफ ग्रुपका युवाहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली ह्याम्स अस्पताल पुगेका छन् ।

पाटनमा अनशन बसेका उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार नै ह्याम्स लगिएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको बताउँदै अनशन तोडेर सम्वादमा आउन आग्रह गरेका थिए ।

कोरोना संक्रमणको जाँच गर्न पीसीआर विधिबाटै परीक्षण गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, स्वास्थ्य उपचार प्रभावकारी बनाउनुपर्ने माग गर्दै युवाहरु असार १२ गतेदेखि पाटनमा अनशन बसेका थिए ।

प्रतिक्रिया दिनुहोस