विधेयक रोक्न माग गर्दै कर्मचारीले बुझाए सभामुखलाई ज्ञापन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विधेयक रोक्न माग गर्दै कर्मचारीले बुझाए सभामुखलाई ज्ञापन


१८ असार २०७७, बिहिबार


काठमाडौं । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ रोक्न माग गर्दै कर्मचारीहरुले सभामुख अग्नीप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएका छन्। ट्रेड युनियनलाई ध्वस्त पार्ने व्यवस्था गरिएको भन्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुले सभामुख सापकोटालाई ज्ञापनपत्र वुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै सभामुख अग्नीप्रसाद सापकोटाले संविधानको मूल मर्म र भावना अनुरुप नै संघीय निजामती सेवाको विधेयक आउने बताए ।

सभामुख सापकोटाले विधेयकको सम्बन्धमा आफूले अध्ययन गरिराखेको र मन्त्रीसँग पनि छलफल गरी संविधानको मर्म अनुरुप नै अगाडि बढ्ने बताएका छन्।

ट्रेड युनियनका पदाधिकारीहरुले विधेयकमा राष्ट्रिय स्तरका ट्रेड युनियनहरु नै नरहने गरी संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक पारित भइसकेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन्। उनीहरुले निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्था बमोजिम नै संशोधित विधेयकमा व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन्।

‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल गरी बहुमतले पारित गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस