आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई भन्दै माइतीघरमा प्रदर्शन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई भन्दै माइतीघरमा प्रदर्शन


१८ असार २०७७, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा माइतीघरमा प्रदर्शन गरिएको छ । ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै माइतीघर मण्डलामा नाराबाजी सहित प्रदर्शन भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने मागगरिरहेका बेला ओलीको समर्थनमा प्रदर्शन भइरहेको छ ।

‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ लगायतका नारा लगाउँदै प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस