सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त


१७ असार २०७७, बुधबार


नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । बुधवार सैनिक अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो ।

दुवै अधिकृतलाई सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पुष्टि गरे ।

बर्खास्त सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका थिए भने महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए ।

दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको, ओहोदामा नबसेको र सैनिक अनुशासन उल्लङ्घन गरेको कसुरमा जनरल सैनिक समरी अदालतले दोषी ठहर गरेको सहायक रथी पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस