तेहरानको स्वास्थ्य क्लिनिकमा बिस्फोट, १९ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तेहरानको स्वास्थ्य क्लिनिकमा बिस्फोट, १९ जनाको मृत्यु


१७ असार २०७७, बुधबार


तेहरान । इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो बिस्फोटन र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला रहेका छन् । प्रारम्भिक अनुसन्धानमा स्वास्थ्य उपचार गर्ने एक क्लिनिकको तल्लो तलामा राखिएका अक्सिजनका सिलिण्डर बिस्फोट भएका थिएको पाइएको छ ।

प्रहरी र उद्धारकर्मीले घटनास्थलबाट अरु घाइतेको उद्धार गरी अस्पताल लगेका थिए । उक्त घटनामा कुनै असामाजिक तत्वको संलग्नता रहे नरहेको बारेमा प्रहरीले अनुसन्धान पनि शुरु गरेको जनाएको छ । एएनआई

प्रतिक्रिया दिनुहोस