पूर्व मन्त्री बास्कोटाको घरमा बम विस्फोटका मुख्या योजनाकार पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्व मन्त्री बास्कोटाको घरमा बम विस्फोटका मुख्या योजनाकार पक्राउ


१७ असार २०७७, बुधबार


पक्राउ

काठमाडौं । पूर्व मन्त्री बास्कोटाको घरमा बम विस्फोट गराउने मुख्या योजनाकार पक्राउ परेका छन् ।

प्रहरीले मुख्या योजनाकार रहेका विप्लव समूहका भक्तपुर जिल्ला सेक्रेटरी ऐनबहादुर शाही भनिने वीजय शाहीलाई पक्राउ गरेको हो ।

फरार रहेका शाहीलाई प्रहरीले असार १५ गते भक्तपुरबाट पक्राउ गरेको प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

पक्राउ परेका शाहीलाई भक्तपुर अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी प्रनाउ गिरीले जानकारी दिएका छन् ।

गत फागुन २८ गते बिहानको समयमा मध्यपुरठिमी नगरपालिका वडा नम्बर १ लोकन्थली, मनहरा नजिकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस