२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यूजिल्याण्डका लागि नेपालका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

अ+ अ-

काठमाडौँ । न्यूजिल्याण्डका लागि नेपालका राजदूत महेशराज दाहालले आज त्यहाँका गभर्नरजनरल डेम पास्ते रेड्डीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । भिडियो कन्फ्रेन्सिङका माध्यमबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत दाहालले कोभिड–१९ को महामारीका कारण उत्पन्न कठिन परिस्थितिमा पनि प्रविधिको प्रयोग गरी ओहोदाको प्रमाणपत्र ग्रहणको व्यवस्था मिलाएकामा गभर्नरजनरलप्रति आभार व्यक्त गरे ।

त्यस अवसरमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका साथै नेपाली जनताका तर्फबाट न्यूजिल्याण्ड सरकार र त्यहाँका जनतामा शुभकामना व्यक्त गरेको क्यानबेरास्थित नेपाली राजदूतावासले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोक्न न्यूजिल्याण्ड सरकारले चालेका कदमको सरहाना गर्दै राजदूत दाहालले विश्वमा नै कोभिड–१९ बाट मुक्त पहिलो देश न्यूजिल्याण्ड बनेकामा हार्दिक बधाई ज्ञापन गरे । न्यूजिल्याण्डमा रहेका नेपाली समुदाय तथा विद्यार्थीको सुरक्षाका निम्ति गरेको सहयोगप्रति न्यूजिल्याण्ड सरकारप्रति उनले आभार व्यक्त गरे ।

न्यूजिल्याण्डसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताउँदै कोभिड–१९ पछि दुुई देशबीचको सम्बन्धलाई आपसी हितका खातिर अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहने प्रतिबद्धता राजदूत दाहालले व्यक्त गरे । उनले दुुई देशबीचको व्यापार र लगानी विस्तारमा पनि जोड दिए ।

राजदूत दाहालको कार्यकालको सफलताको कामना गर्दै गभर्नर जनरल रेड्डीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीका साथै नेपाली जनताप्रति शुभकामना व्यक्त गरे । सन् १९६१ देखि न्यूजिल्याण्ड र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर सुमधुर रहेकामा त्यसप्रति उनले सन्तुष्टि व्यक्त गरे ।