आधिकारिक ट्रेड युनियनद्वारा आन्दोलनको घोषणा, ६०१ आन्दोलन परिचालन समिति गठन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आधिकारिक ट्रेड युनियनद्वारा आन्दोलनको घोषणा, ६०१ आन्दोलन परिचालन समिति गठन


१६ असार २०७७, मंगलबार


काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित सङ्घीय निजामती सेवा विधेयकको विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

युनियनले प्रतिवेदन पारित गरेको निर्णयप्रति असहमति जनाउँदै मौन विरोध प्रदर्शनदेखि प्रधानमन्त्री तथा सभामुखलाई ध्यानाकर्षण गराउनेसम्मका चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको हो ।

मंगलवार(आज) सवा ५ बजे माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गर्ने, १७ गते प्रधानमन्त्री र सभामुखलाई ध्यानाकर्षण पत्र बुझाउने, १८ गते सबै प्रदेश, जिल्ला तथा विभागीय कार्य समितिबाट ज्ञापन पत्र बुझाउने, १९ गते सबै सरकारी कार्यालयहरूमा हाते पर्चा वितरण गर्ने, २० गते विज्ञ र ट्रेड युनियनहरूबिच अन्तरक्रिया कार्यक्रम गर्ने तथा २१ गतेदेखि सबै कार्यालयहरूमा माग पत्र छातीमा टाँस गरी आ आफ्नो कार्यालयमा काम गर्ने कार्यक्रम तय गरेको युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ

 

Tags :
प्रतिक्रिया दिनुहोस