वडाध्यक्षमाथि कुटपिट « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

वडाध्यक्षमाथि कुटपिट


१६ असार २०७७, मंगलबार


काठमाडौँ । दाङमा एक वडाध्यक्षमाथि कुटपिट भएको छ । वडाकार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेको समयमा वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको हो ।

मङ्गलवार बिहान करिब साढे ११ बजे डाँगीमाथि अज्ञात समूहले कुटपिट गरेको दाङका प्रहरी प्रवक्ता सुमति खड्काले जानकारी दिएका छन् ।

वडाध्यक्ष डाँगीमाथि चार/पाँच जनाको समूहमा आएका व्यक्तिहरूले लाठी प्रहार गर्नुकासाथै कालोमोसो दल्ने प्रयाससमेत गरेको प्रवक्ता खड्काले बताए ।

पीडित डाँगीको टाउकोमा चोट लागेको छ । हाल उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको छ ।

आक्रमण गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । आक्रमणबारे अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस