कविता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कविता


१६ असार २०७७, मंगलबार


रुँदै आशु झारिरहे ।
हेरी दिन गुजारिरहे ।।

जेनतेन पिडा खप्दै,
साँझ बिहान टारिरहे ।।

जसको शासन आए नि,
आशुमा डुङ्गा तारिरहे ।।

मुक्तिको बाटो हिँड्दाहिँड्दै,
पिडा मात्रै थुपारिरहे ।।

खोज्दै पाइला रहरका,
मनमा दुःख सारिरहे ।।

जितको लक्ष चुम्नलाई,
कयौँ पटक हारिरहे ।।

प्रतिक्रिया दिनुहोस