लकडाउन थप कडा हुन सक्ने, मन्त्रिपरिषद् बैठक जारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लकडाउन थप कडा हुन सक्ने, मन्त्रिपरिषद् बैठक जारी


१५ असार २०७७, सोमबार


सचिव

काठमाडौँ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले लकडाउनलाई कडाइ गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। सोमबार सिँहदरवारमा बसेको सीसीएमसीको बैठकले कोरोना सङ्क्रमित तीव्र रूपमा बढ्दै गएकाले लकडाउन कडाइ गर्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो। लकडाउन खुकुलो हुँदा सङ्क्रमण दर बढेको भन्दै लकडाउन कडाइ गर्ने सरकारले तयारी गरेको हो।

बैठकले काठमाडौँ उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ। अब अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए। उनका अनुसार सो निर्णय हवाई तथा स्थल मार्गबाट आउने सबैमा लागू हुनेछ।

त्यसै गरी आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाहरूको भिसा सहजिकरणका लागि निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ।

आन्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ। बैठक अहिले बसिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस