थप ५५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार नाघ्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थप ५५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार नाघ्यो


१३ असार २०७७, शनिबार


काठमाडौं । थप ५५४ जनामा कोरोना पष्टि भएको छ । त्यसमध्ये १२० महिला र ४३४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिँदै प्रवक्ता डा. जागेस्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कूल संक्रमितको संख्या १२, ३०९ पुगेको छ ।

गत २४ घण्टामा १८ जना महिला र ११८ पुरुष गरी १३६ जना डिस्चार्ज भएका छन् । हालसम्म कूल डिस्चार्ज हुनको संख्या २ हजार ८ सय ३४ जना पुगेको छ ।

मृत्य हुनेको संख्या २८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस