बिच सडकमा गाडी छिर्ने भ्वाङ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बिच सडकमा गाडी छिर्ने भ्वाङ


११ असार २०७७, बिहिबार


काठमाडौँ । राजधानी काठमाडौँको वानेश्वरस्थित सडकमा गाडी नै छिर्ने गरी भ्वाङ परेको छ ।

मध्यवानेश्वरको एपेक्स कलेज अगाडीको मुख्य सडक भासिँदा गाडी नै छिर्ने गरी भ्वाङ परेको हो ।

राजधानीस्थित सडकका खाल्टाखुल्टी टाल्न वर्षौँसम्म प्रधानमन्त्रीले निर्देशन दिई रहने तर कहिल्यै नटालिने समस्याबाट सचिवालय विज्ञ टिमको सार्थक प्रयासले केही महिनाअघि मात्रै सार्थकता पाए पनि सडक निर्माणकै क्रममा विभागका कर्मचारी र ठेकेदारले गरेको खेलाँचीले सडक दुर्घटनाको जोखिम भने कायमै छ ।

हरेक वर्ष वर्षा याममा अघिल्लो दिनसम्म सद्ये सडकमा भोलीपख ठूल ठुला भ्वाङहरू पर्ने गरेको भए पनि सडक विभागले तत्कालका लागि खाल्टो पुर्नेबाहेक दीर्घकालीन समाधान तथा नयाँ सडक निर्माणका क्रममा खासै ध्यान दिएको देखिँदैन । भ्वाङहरू हेर्दा बिच सडकमा ढलका पाइपहरू बिछ्याउँदा राम्ररी नमिलाएको, माटो राख्दा यसो पुर पार गरेर माथिबाट पिच गरिदिँदा वर्षातका क्रममा यस्ता भ्वाङहरू पर्ने गरेका छन् । चिल्ला पिच सडक देखेर सवारी गुडाउँदा कति बेला कहाँनेर को खाल्डोमा पर्ने र दुर्घटना हुने हो भन्ने त्रास यात्रुहरूमा छ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस