२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध, ८ पक्राउ

अ+ अ-

पोखरा । पोखरामा कोरोना सङ्क्रमणका काराण् मृत्यु भएकाको शव व्यवस्थापनमा अवरोध भएपछि प्रहरीले हवाइफायर गरेको छ ।

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधवार राति मृत्यु भएको थियो।

बुधवार मृतकको शव व्यवस्थापनका लागि पोखरा–३२ मजुवामा सेतीनदी किनारनजिककै खालि जमिनमा गाड्न लैजाँदा स्थानीयले अवरोध गरेका थिए। उक्त ठाउँमा स्थानीयले आफ्नो गाउँमा शव गाड्न नदिने भन्दै सशस्त्र प्रहरीको गाडी नै तोडफोड गरेका छन्। उक्त घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ।

शव गाड्न डोजरले खाल्डो खन्न लाग्दा स्थानीयले अवरोध गरेका थिए । अवरोध हटाउन प्रहरीले ८ राउन्ड हवाई फायर गर्नुपरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले बताए। मृतक पुरुषमा मधुमेह र निमोनिया पनि बिरामी रहेको बताइएको छ ।

उपचारका लागि ८ गते पोखरा ल्याइएका उनमा कोरोना सङ्क्रमणको पुष्टि पनि त्यसै दिन भएको थियो। त्यसअघि उनी गाउँमा सामाजिक कार्यमा सहभागी भएको बताइएको छ। उनको भने ट्राभल हिस्ट्री छैन। ती पुरुषको मृत्युसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको सङ्ख्या २ पुगेको छ।

यसअघि स्याङ्जाकै ५८ वर्षे पुरुषको २५ जेठमा मृत्यु भएको थियो। उनी भारतबाट आएका थिए। अर्का मृतक ५८ वर्षेको शव व्यवस्थापनमा पनि यस्तै अवरोध भएको थियो। उनको शव पोखराको वडा नम्बर ११ र २० को साँधमा सेती नदी किनारमा गर्दा स्थानीयले अवरोध गरेका थिए।

प्रदेश सरकारले बनाएको कोरोना सङ्क्रमितको शव व्यवस्थापन सम्बन्धी कार्यविधिमा स्थानीय तहसँगको सहकार्य र समन्वयमा प्रशासनले शव व्यवस्थापन गर्ने उल्लेख छ। शव व्यवस्थापनमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिन्छन्।