अमेरिकाले दियो ४ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकाले दियो ४ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री


११ असार २०७७, बिहिबार


काठमाडौँ । अमेरिकाले नेपाललाई ४ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि ‘राष्ट्रिय अभियान योजना २०७७’ को सफल कार्यान्वयनमा सहयोग पुर्‍याउन अमेरिकाले उक्त रकम बराबरको स्वास्थ्य सामाग्री सहयोग स्वरूप दिएको हो ।

बुधवार जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा अमेरिकी राजदूत रन्डी बेरीले उक्त स्वास्थ्य सामाग्री प्रधानसेनापति महारथी प्रणचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।

महारथी थापाले अमेरिकाको सहयोगप्रति आभार प्रकट गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस