त्रिवि उपकुलपति बास्कोटाको कुर्सी जलाइयो - प्रशासन प्रशासन
prasaLogo
१० असार २०७७, बुधबार

त्रिवि उपकुलपति बास्कोटाको कुर्सी जलाइयो


प्रकाशित मिति : 24 June, 2020 2:55 pm

काठमाडौं । त्रिवि उपकुलपति धर्मकान्त बास्कोटाको कुर्सी नेपाल विद्यार्थी संघका कार्यकताले जलाएका छन् ।

नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले बुधबार दिउँसो उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएका हुन् । नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ ।

त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस