विराटनगर । विराटनगरमा एक २४ वर्षीया युवतीले आत्महत्या गरेकी छन् । विराटनगर महानगरपालिका–३ बस्दै आएकी र उदयपुरको बेलका नगरपालिका–२ घर भएकी श्वेता पोखरेलले आइतबार साँझ झुण्डएर आत्महत्या गरेकी हुन् ।
विराटनगरमा डेरामा बस्दै आएकी श्वेता महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत रहेको बताइएको छ । उनी शौर्य बचत तथा ऋण सहकारी संस्थामा काम पनि गर्थिन् । युवतीका पूर्व प्रेमी र युवती एउटै क्याम्पसमा अध्ययनरत रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
पूर्व प्रेमीले विहे गर्न नमानेको र परिवारका कारण श्वेताको अर्कै केटा सँग विवाह हुनलागेको थाहा पाएपछि उनका प्रेमी सविन पराजुलीले उनी सँगैका तस्वीहरु बाहीर ल्याउँदै तनाब दिएको खुलासा भएको छ ।
युवतीको असार १४ गते मागी विवाहका लागि फुलमाला गर्ने परिवारको तयारी थियो ।
युवतीकोे विहे हुन लागेका युवकले पूर्व प्रेमी रहेको थाहा पाएपछि विवाहका लागि आनाकानी गर्न थालेकाले युवती तनावमा रहेको खुलेको छ ।
पूर्व प्रेमीले विवाह भाँड्न खोज्दा श्वेताले आत्म हत्या गर्न वाध्य भएको प्रहरीको अनुसन्धानले बताएको छ ।
श्वेताकी बहिनी सरिताले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । जाहेरीका आधारमा सविनलाई मंगलबार पक्राउ गररे आत्महत्या दुरुत्साहनको मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसन्धानको निश्कर्ष पनि पूर्वप्रेमीले गरेको हर्कतका कारण अन्ततः युवतीले आत्महत्याको बाटो रोजेको खुलेको छ ।







